पोखरा । नेपाली नयाँ वर्षका अवसरमा पोखराको फेवाताल किनारमा २० औँ फेवा नव वर्ष महोत्सव हुने भएको छ ।
होटल संघ पोखराले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव यही ३० चैत देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि खहरेचोकसम्मको सडकमा हुने जनकारी दिएको हो ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जनकारी दिए ।
उनका अनुसार महोत्सवको अवसरमा होटल संघ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने छ ।
महोत्सवकै प्रचारका लागि संघले हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गरिने पनि उनले जानकारी दिए ।
महोत्सव सफल बनाउनका लागि विभिन्न २१ वटा समिति तथा उप–समितिहरु गठन गरिएको छ ।
महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने भनाई राखे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले महोत्सवको सफलताको कामना गर्दै पोखरा आउने पर्यटकको तथ्यांक राख्न सम्बन्धित संस्थालाई सुझाव दिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?