पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) बाट पोखरा–छेन्दु नियमित व्यावसायिक चार्टर उडान सुरु हुँदैछ।
आज १२७ यात्रु चीनको सिचुवान एयरमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानमा पर्यटक अवतरण हुने छन् भने केही समयपछि पोखराका पर्यटन व्यवसायीसमेत टोली छेन्दु उड्ने छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले यहाँ पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ।
छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि जानेछ। जसमा पर्यटकसमेत १ सय २७ जना यात्रु रहने छन्।
नेपाली प्रतिनिधिमण्डलको टोलीले एक सातासम्म चीनको छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।
२०७९ पुस १७ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल समुद्घाटन गरेका थिए। यो विमानस्थलमा आन्तरिकबाहेक हालसम्म ११ मात्र अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ