स्याङ्जाको फेदीखोला गाउँपालिका – २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएकी छन् ।
मंगलबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित भएकी हुन् । गोदार ३८ मतका साथ निर्वाचित भएकी हुन् । निर्वाचनमा सभापतिका उम्मेदवार नेविसंघका थापाले ३४ मत ल्याएका थिए ।
सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर निर्वाचित भएकी छन् । सचिव पदमा नेविसंघका विजय अधिकारीले ३५ मत ल्याएका थिए ।
यस्तै, समितिको कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेविसंघका सविना जिसीले ३५ मत प्राप्त गरेकी थिइन् ।
सदस्यमा अनेरास्ववियुका संजय खत्री र स्मृति कुँवर क्षेत्री निर्वाचित भएका छन् । संजयले ४३ मत र स्मृतिले ४१ मत ल्याएका थिए । सदस्यमा नेविसंघका जेनिस रानाभाटले २७ मत र सन्तोषी खड्काले २९ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ सदस्यमा अनेरास्ववियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघका सविना भण्डारी र समिक्षा पौडेल रहेका छन् ।
समितिको उपसभापति र सहसचिव समानुपातिकबाट मनोनीत गरिने नवनिर्वाचित सभापति गोदारले बताइन् ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
निर्वाचन समितिका अनुसार सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा ८२ मतदाता रहेकोमा ७३ मत खसेको थियो ।
सम्बन्धित खबर
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेनजी फ्रन्टको माग
रविप्रति गगनको कटाक्ष ‘नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू देश बनाउँछु भन्दै नाटक गर्दैछन्’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस