पाेखरा । पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न हुन सकेन ।
निर्वाचन गराउने निर्वाचन प्रक्रिया अस्वच्छ र अनियमित रहेको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) ले निर्वाचन समितिको राजीनामा माग गरेको छ ।
अखिल छैटौंले जारी गरेको विज्ञप्तिमा निर्वाचन समितिले निर्देशन विपरीत कार्य गर्दै निष्पक्षता कायम गर्न नसकेको गम्भीर आरोप लगाएको छ । संगठनले मतपत्रमा अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामपछि रेजा लगाउने बाकस नराखिएको, तालिका अन्य संगठनको मिलेमतोमा तयार पारिएको जस्ता गम्भीर त्रुटिहरू भएको जनाएको छ ।
‘निर्वाचन समितिले बारम्बार स्ववियु चुनाव विथोल्ने प्रयास गरेको देखिन्छ । यस्तो स्थितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन । तसर्थ, वर्तमान निर्वाचन समितिले राजीनामा दिनुपर्छ र नयाँ समिति गठन गरी पुनः निर्वाचनको मिति घोषणा गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
अखिल छैटौंले विद्यार्थीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन एकजुट हुन आग्रह गर्दै क्याम्पस प्रशासनलाई नयाँ निर्वाचन समिति गठनका लागि दबाब दिनुपर्ने जनाएको छ ।

सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध