पोखरा महानगरपालिकामा उजुरी फर्छ्यौट गर्ने अख्तियारी पाएका कर्मचारी नै अख्तियारको फन्दामा परेका छन् ।
फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।
गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो साढे ३ बजे पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले गण्डकन्यूजलाई जानकारी दिए । महानगर कार्यालय बाहिर अख्तियारका कर्मचारीले गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
पाण्डेका अनुसार अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का व्यक्तिसँग १ लाख रुपैयाँ मागेका थिए । बिहीबार त्यसमध्ये २५ हजारसहित उनी पक्राउ परेका हुन् । उजुरीकर्ता ती व्यक्ति पनि महानगरकै कर्मचारी रहेको बताइन्छ ।
गिरीको जिम्मेवारी पोखरा महानगर र अख्तियार कार्यालयसँग समन्वयकारी भूमिकाको हो । अख्तियारलाई महानगरको तर्फबाट स्पष्टिकरण दिने, वडा तथा शाखाहरूबाट राय प्रतिक्रिया लिएर जवाफ पठाउने काम उनको हो ।
महानगरका अर्का कर्मचारीलाई अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले घुस मागेका थिए । गिरीले कृत्रिम उजुरी खडा गरेर तस्वीर, भिडियो नै छ भन्दै झुक्याएर तर्साउँदै रकम मागेपछि ती कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए ।
निर्दोष छु, मलाई फसाएः गिरी
आयोगको टोलीले मुचुल्का तयार गर्दैगर्दा गिरीले भने आफू निर्दोष रहेको जिकिर गर्न भ्याएका छन् । आफूलाई फसाउनका लागि षड्यन्त्र गरेको उनको कथन छ ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा थिए । त्यसपछि पोखरा वडा नं. १७ कार्यालयमा केही समय काम गरेका उनी महानगरमा आएका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो