पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुने भएको छ । ‘बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ यहि चैत ११ गते आईतबार पोखरा– ६ लेकसाईडस्थित हौटल पौवामा परिषद हुन लागेको हो ।
परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए । परिषदले नया नेतृत्व चयन गर्ने बताइएको छ । उनका अनुसार नेतृत्व सर्वसम्मतिबाट चयन हुनेछ ।
परिषदका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरु चैत १० गते शनिबार साँझ सम्ममा आईपुग्ने कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पोखराको लेकसाईडस्थित विभिन्न होटलहरुमा आवासको व्यवस्था मिलाइएको उनले बताए । ‘उहाँहरुलाई हामीले पाहुनाका रुपमा विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाएका छौं’–उनले भने ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?