झापाबाट १ हजार ६३६ किलो गाँजासहित २ जना पक्राउ

झापाबाट १ हजार ६३६ किलो गाँजासहित २ जना पक्राउ

pakrau1

झापा । झापामा १ हजार ६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् ।

इलामबाट झापातर्फ जाँदै गरेको को १ख५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर–१ बराह बाहिनी मुख्यालय र नम्बर–२ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा टोलीले हिजो गाँजासहित समातेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ ।

बरामद गाँजा, ट्रक र पक्राउ परेका राई र बस्नेतलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds