पोखरा । देशकै धेरै विद्यार्थी अध्ययन गर्ने ठूलो क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा एक तिहाई विद्यार्थी पनि निर्वाचनमा सहभागी भएनन् ।
स्ववियु चुनावमा २ हजार ८ सय ९७ मत खसेको छ । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।
यो सहभागिता चैत ५ गते रोकिएको निर्वाचनको प्रत्यक्ष असर मान्न सकिन्छ । त्रिविले देशभर चैत ५ गतेका लागि निर्वाचन मिति तय गरेको थियो । उक्त दिन छापिएको मतपत्रमा अखि छैठौंका उम्मेदवारको नाम पछाडि भोट हाल्ने बाकस छुटेपछि चुनाव रोकियो । भोलिपल्ट चैत ६ गते निर्वाचन तोकिएकोमा त्यस दिन पनि हुन सकेन ।
आज चैत १० गते चुनाव मिति तय गर्दा अधिकांश विद्यार्थी चुनाव हुनेमै सशंकित थिए । त्यसैले पनि न्यून संख्यामा मत खसेको विद्यार्थी बताउँछन् ।
बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले बताए । मतगणना साँझदेखि नै गर्ने तयारी गरिएको छ ।
२०६५ पछि अर्थात् १६ वर्षमा भएको निर्वाचन उत्साहजनक सहभागिता नभएपनि अब शान्तिपूर्ण चुनावी वातावरण बनेकोमा विद्यार्थीहरु खुशी देखिन्छन् ।
क्याम्पसको स्ववियुको नेतृत्व लिन ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् भने २ जना स्वतन्त्र ढंगले चुनावमा होमिएका छन् ।
एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट नेकपा एस निकट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह