पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ७ कमिटीले वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमालेलाई वडा र टोल स्तरबाटै बलियो बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य भिम कार्कीले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । कार्कीले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै कार्कीले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे।
सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य सृजना शर्मा, प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, जिल्ला सदस्य एवम् वडा ईन्चार्ज पुरूषोत्तम रेग्मीलगायत उपस्थित रहेका थिए ।

पोखरा वडा नं. ७ कमिटी अध्यक्ष अनिल कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा दिपक कार्कीले स्वागत र सञ्चालन अर्जुन थापाले गरेका थिए ।
त्यसअघि, राष्ट्रबैंक चोकबाट शुरू गरिएको र्याली रत्नचोक हुँदै माछापुच्छ्रे टोलको बुटिक चौतारा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला