पोखरा । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट बीच चिनियाँ भाषा कक्षा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक डा.बलराम दुवाल र जनप्रिय बहुमुखी क्याम्पस प्रमुख कृष्ण बाबु बरालले ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट कार्यक्रममा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि हस्ताक्षर गरेका हुन् ।
नेपालमा चिनियाँ भाषा शिक्षाको बढ्दो महत्व, पर्यटन, व्यापार र साँस्कृतिक आदान प्रदानका क्षेत्रमा यसको प्रभाव बारे चर्चा गदै नेपाल–चीन शैक्षिक तथा साँस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
कार्यक्रममा डा.बलराम दुवालले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको विश्वव्यापी अवसरहरूको ढोका खोल्नु हो। नेपालका विद्यार्थी तथा व्यावसायीका लागि महत्वपूर्ण लगानी हो, जसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूलाई थप उजागर गर्नेछ ।’
कन्फ्युसियस इन्स्टिच्युटका चीन पक्षका निर्देशक प्रा.डा.झाङ सिङनियानले जनप्रियलाई सहकार्यका निम्ति धन्यवाद दिँदै नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पारे। उनले भने, ‘चिनियाँ भाषा सिक्नु भनेको नेपाल–चीन पर्यटन तथा व्यवसायिक सहकार्यलाई प्रवद्र्धन गर्नु हो।’
क्याम्पस सञ्चालक समिति अध्यक्ष बीरेन्द्र नारायण बिजुक्छेले, नेपाल–चीन बीच सातौँ शताब्दीबाट कायम ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै भने, ‘सम्झौता केवल शैक्षिक सहकार्य मात्र नभई दुई संस्था बीचको ज्ञान, संस्कृति र व्यावसायिक अवसरहरूको आदान प्रदानको एउटा महत्वपूर्ण माध्यम हो ।’
क्याम्पस प्रमुख कृष्ण बाबु बरालले समझदारी पत्र अनुरूप विएमटिएमका र्यक्रमका सातौँ र आठौंँ सेमेस्टरका विद्यार्थीहरूका लागि चिनियाँ भाषा कक्षा तत्काल सञ्चालन गरिने जानकारी गराए। उनले भविष्यमा अन्य सङ्कायहरूमा समेत चिनियाँ भाषा कक्षा विस्तार गर्ने योजना रहेको बताउँदै विद्यार्थीहरूका लागि रोजगारीका थप अवसरहरू सिर्जना गर्ने जनाए ।
चिनियाँ भाषा प्रशिक्षक याओ फाङले पाठ्यक्रम संरचना तथा सिकाइ गतिविधि बारे जानकारी दिँदै भनिन्, ‘चिनियाँ भाषा सिक्ने यात्रामा हामी सबै मिलेर अगाडि बढ्ने छौं। यो अवसरलाई सदुपयोग गरी उत्कृष्ट प्रगति गर्नु पर्छ ।’ कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्या लक्ष्मी चालिसेले वर्तमान विश्व परिप्रेक्ष्यमा चिनियाँ भाषाको महत्व बारे चर्चा गरिन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ