पोखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो शो २०२५’ को तयारी तीव्र पारिएको छ ।
कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर र्यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए ।
अमरसिंहचोकबाट शुरु भएको मोटर र्या छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुँदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण बर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकीय गन्तव्यहरुमा मोटर र्यालीको गरेको उनले बताए । र्यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर र्याली अमरसिंहचोकमा पुगेर समापन भएको थियो ।
शोको पूर्व सन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ ।
चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो शो हुँदैछ ।

प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहनेछन् ।
प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
अटो शोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएका छन् ।

सम्बन्धित समाचारः
‘वाडा अटो शो’ को पूर्वसन्ध्यामा पोखरामा मोटर र्याली
नाडा वाडा अटो शोमा सवारी किन्नेलाई ३ महिना निःशुल्क पोखरा इन्टरनेट
पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ हुँदै
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते