पोखरा । नेपालको एकमात्र कविता गाउँ लुम्ले कविता गाउँ समितिले यही चैत्र १५ गते खुला कविता प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
समितिले कविता गाउँ घोषणाको १७ औं स्थापना दिवसमा अन्नपूर्ण पालिकाव्यापी मा.वि.स्तरीय कवितावाचन प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष भरत देवकोटाले जानकारी दिए ।
समितिले हरेक चैत्र १५ गते विशेष समारोहका साथ मनाउँदै आएकोमा यसपटक कवितावाचन प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
समितिको आयोजना, अन्नपूर्ण गाउँपालिकाको सहकार्य र गण्डकी प्रज्ञा–प्रतिष्ठानको पर्वद्धनमा हुन लागेको प्रतियोगिताका सहभागीलाई आकर्षक नगद पुरस्कारसहित सोही दिन भव्य समारोहबीच पुरस्कृत गरिने समितिका सचिव सुवास गुरुङ बताउँछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार, तीन हजार नगदसहित प्रमाणपत्र र पुरस्कार रहेको छ ।
समितिले उक्त प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न पालिकावासी आमा, बुबा, दाजुभाइ दिदीबहिनी, समितिका पदाधिकारी, पूर्व पदाधिकारी तथा संस्थाका शुभेच्छुक, शुभचिन्तकलाई विभिन्न उपसमितिको जिम्मेवारीमा खटाएको समितिले जनाएको छ ।
साथै प्रतियोगितामा सहभागिताका लागि चैत्र १४ गते बेलुका ५ बजेसम्म आयोजक समक्ष कविता, विद्यालय र सहभागीको नाम दर्ता गराइसक्नुपर्ने संस्थाका उपाध्यक्ष सन्तमाया गौचनले जानकारी दिइन् ।
यसैगरी, समाजसेवी चिनबहादुर केसीद्वारा संस्थालाई दान प्राप्त चार आना दुई पैसा एक दाम जग्गामा कविता पार्क लुम्ले निर्माण प्रक्रिया अगाडि बढाएको संस्थाका संरक्षक विश्वमोहन गौचन बताउँछन् ।
पार्क निर्माणका लागि संस्थाले विभिन्न उपसमिति गठन गरी अर्थ संकलन प्रस्तावनासहित जग्गाको नक्साङ्कन प्रक्रिया अगाडि बढाई सकेको जनाइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन