पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबारबाट सुरु भएको छ । तालिमको संविधानसभा सदस्य चुडामणि जङ्गलीले एक कार्यक्रमकाबीचमा उद्घाटन गरे ।
उनले भाषण गर्ने क्रममा विषयवस्तुलाई अध्ययन गरेर तथ्यपूर्ण, अर्थपूर्ण र तर्क सङ्गत ढङ्गले बोल्नुपर्ने बताए । तीन दिने तालिमले सहभागी दिदीबहिनीको बोल्ने क्षमताको विकास गराउने विश्वास उनले गरे ।
पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारको विकास गरेर मात्र विकास नहुने बताए । अबको विकास भनेको बाटोघाटो पुल पुलेसा मात्र नभइ महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि क्षेत्र भएको बताए। यिनीलाई समेटेर लान सके मात्र बल्ल पूर्वाधारको विकासको अर्थ हुने उनले उल्लेख गरे । त्यही कारण वडाले ६० प्रतिशत बजेट पूर्वाधारको क्षेत्रमा र ४० प्रतिशत बजेट नागरिकको स्तर बढाउनको लागि खर्च गर्ने गरेको खुलाए ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबारबाट सुरु भएको छ । तालिमको संविधानसभा सदस्य चुडामणि जङ्गलीले एक कार्यक्रमकाबीचमा उद्घाटन गरे । उनले भाषण गर्ने क्रममा विषयवस्तुलाई अध्ययन गरेर तथ्यपूर्ण, अर्थपूर्ण र तर्क सङ्गत ढङ्गले बोल्नुपर्ने बताए । तीन दिने तालिमले सहभागी दिदीबहिनीको बोल्ने क्षमताको विकास गराउने विश्वास उनले गरे ।
पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारको विकास गरेर मात्र विकास नहुने बताए । अबको विकास भनेको बाटोघाटो पुल पुलेसा मात्र नभइ महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि क्षेत्र भएको बताए। यिनीलाई समेटेर लान सके मात्र बल्ल पूर्वाधारको विकासको अर्थ हुने उनले उल्लेख गरे । त्यही कारण वडाले ६० प्रतिशत बजेट पूर्वाधारको क्षेत्रमा र ४० प्रतिशत बजेट नागरिकको स्तर बढाउनको लागि खर्च गर्ने गरेको खुलाए ।

वडाध्यक्ष बानियाँले समाजमा रहेका आमा दिदी बहिनीको लागि वडाले निरन्तर काम गरिरहेको बताए । महिला दिदी बहिनीको क्षमता विकास सशक्तीकरण र आउने दिनमा समाजलाई नेतृत्व गर्न सक्ने, देशलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन हुन सकोस् भन्ने शुभकामना दिए । आफूहरू बोल्ने भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको उनले प्रष्ट पारेका छन् ।
कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष रन बहादुर विश्वकर्मा, विश्वकर्मा समाज नेपाल महिला समिति अध्यक्ष कौशिला बरायली, पोखरा १५ का वडा सचिव युवराज पौडेल लगायतले बोलेका थिए । पोखरा १५ वडा कार्यालयले विश्वकर्मा समाज नेपाल पोखरा १५ सँगको समन्वयमा विश्वकर्मा समाज नेपालमा आवद्ध महिला दिदी बहिनीलाई लक्षित गरेर आयोजना गरिएको तालिममा समाजमा आवद्ध ४० भन्दा बढीको सहभागिता रहेको छ ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा