लेखनाथ । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिबार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।
आर्युुवेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परिक्षण गर्न आग्रह गरे ।
अध्यक्ष थापाले रोगका कारण पनि जेष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, जेष्ठनागरिक मैत्री व्यवहार गर्न समेत जोड दिए ।
वडा विकासको मानक भौतिक पूर्वाधार मात्र नभएको उल्लेख गर्दै अध्यक्ष थापाले, नागरिक स्वस्थ र सुखी छन् की छैनन् भन्नेले पनि निर्धारण गर्ने बताए । जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको उल्लेख गरे । दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अगाडी बढिरहेको समेत स्पष्ट पारे ।
अध्यक्ष थापाले शारिरिक स्वस्थताले विचार र व्यवहारमा समेत प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन आग्रह गरे । गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जेष्ठ नागरिक स्वस्थ रहे ज्ञान र शिपको दोश्रो पुस्तामा हस्तान्तरण हुने बताए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना, नमूना महिला समूहका सहसचिव कल्पना लामिछाने ढुंगाना, स्वास्थ्य महाशाखाका कर्मचारी सरिता अधिकारी देवकोटा लगायतले स्वास्थ्य शिविरको प्रभावकारिताका बिषयमा बोलेका थिए ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजना, वडा नंं २६ को समन्वय र गण्डकीक आर्युवेद अस्पताल अर्घौको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको थियो । शिविरमा आर्युवेद अस्पतालका चारजना चिकित्सक सहितको टोलीले सहजीकरण गरेको थियो । शिविरमा ९२ बर्ष देखि ६ बर्षसम्मका गरी झण्डै तीनसय जनाको स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो