पोखरा । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरूका बिक्री, खरीद र स्पेयर पार्ट्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूम ५ ठाउँमा विस्तार गर्न सफल भएको छ ।
काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकै साथ उद्घाटन गरी सेवा प्रदान गरेको अग्नि ग्रुपले पोखरामा पनि शोरूम स्थापना गरेको हो ।
कम्पनीले चाँडै नै देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना पनि बनाएको छ।
नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलोपटक हो । ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।
सवारीहरू प्रयोग भइसकेका भए पनि यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउने कम्पनीले जनाएको छ । महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित देखिएको छ ।
ग्राहकहरुलाई झन्झटरहित कारोबार र उत्कृष्ट सेवा दिन प्रतिबद्धता जनाउँदै अग्नि आस्थाले गुणस्तरीय, भरपर्दो र सुविधाजनक सेवा सुनिश्चित गर्ने बताएको छ ।
अग्नि आस्था आधिकारिक महिन्द्रा सेवा केन्द्र भएको हुँदा यहाँबाट बिक्री गरिने प्रत्येक सवारीसाधन उच्च गुणस्तरका मापदण्डहरू अनुरूप परीक्षण गरिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले गाडी खरिद गर्दा थप वारेन्टी, निःशुल्क सर्भिसिङ्ग, सजिलो फाइनान्सिङ्ग सुविधा, दक्ष प्राविधिकहरूद्वारा २०० पोइन्ट परीक्षण, मिटर छेडछाड नगरिएको र जेन्युन स्पेयर पाट्र्सको प्रयोग गरिएको नयाँ जस्तै गाडी प्राप्त गर्न सकिने कम्पनीले विश्वास तुल्याएको छ ।
अग्नि आस्थामा गाडी बिक्रि गर्दा उत्कृष्ट मूल्यांकन, वैज्ञानिक विधिबाट मूल्य निर्धारण, छिटो भुक्तानी र झन्झटरहित प्रोसेसिङ्ग हुने दाबी गरिएको छ ।
विश्वास र उत्कृष्टताको पहिचान बोकेको अग्नि आस्था, नेपालभरका महिन्द्रा ग्राहकहरूका लागि पूर्व–स्वामित्व सवारीसाधन कारोबारलाई अझ सहज र सुरक्षित बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । खरिद वा बिक्री दुवै गर्दा ग्राहकहरूले यहाँबाट उच्चस्तरीय सेवा र मूल्य प्राप्त गर्न सकिने कम्पनीको भनाई छ ।
थप जानकारीका लागि नजिकको शाखा भ्रमण गर्न वा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पोखरा – ९८२०११४९५२
काठमाडौँ – ९८०२२६४३६५
चितवन – ९८०२२६३९९६
इटहरी – ९८०२२६३९९०
भैरहवा – ९८०२२६४३७२
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा