गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा

राजीनामा

गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा

बाबुराम भट्टराई नेतृत्वको समाजवादी र राप्रपाको कोटाबाट नियुक्त सदस्यहरू बाहिरिए

planning-comission

पोखरा । गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगका २ सदस्यले राजीनामा दिएका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त भएका दीपक भण्डारीले चैत १७ गते राजीनामा दिएका हुन् । तिम्सिना गत असार २१ गते र त्यसको १ महिनापछि भण्डारी नियुक्त भएका थिए ।

सरकारले बाहिरिन संकेत गरेपछि दुवै सदस्यले एकैदिन राजीनामा बुझाएका हुन् ।

अब रिक्त ती २ पदमा कांग्रेस एमालेले भागबन्डा गर्नेछन् । महिला सदस्य कांग्रेसका भागमा परेको छ भने अर्को एक सदस्य एमालेको भागमा परेको छ । आयोगमा कम्तीमा १ जना महिला सदस्य अनिवार्य रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ