जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए

prakash regmi syj khelkud

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा प्रकाश रेग्मी दोहोरिएका छन् ।

मंगलबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा रेग्मीलाई पुनः अध्यक्षमा मनोनीत गरिएको हो । रेग्मी यसअघि पनि अध्यक्ष थिए ।

यस्तै, समितिको उपाध्यक्षमा विजय विक्रम खाँण, सचिवमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँण मनोनीत भएका छन् ।

उनीहरुलाई परिषद् अध्यक्ष एवं सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश खेलकुद विकास ऎन २०७७, प्रदेश खेलकुद विकास नियमावली २०७८ बमोजिम आगामी चार वर्षका लागि मनोनयन गरिएको हो ।

त्यसैगरी, समितिको सदस्यहरु पछि निर्णय गरिने जिल्ला खेलकुद विकास समिति स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ