काठमाडौं । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत समक्ष माफी मागेका छन् ।
शुक्रवार प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए ।
महानगरका एक अधिकारीले भनेका कुरा नेपाल प्रेसले सार्वजनिक गरेको छ – ‘आज राम्रोसँग कार्यालय सन्चालन भयो । केही गडबडी हुन्छ कि भनेर हामी विभिन्न कार्यक्षेत्रमा भएका कर्मचारी पनि महानगरपालिकाको कार्यालयमा गएका थियौं । गाडीको ह्वील लक पनि खुलेछ । राजु पाण्डेजीले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी माग्नुभयो । मेयरको मौखिक आदेशले उहाँ यसअघि पनि अप्ठेरोमा पर्नुभएको थियो,सायद महानगर प्रहरीको संचालन प्रशासकीय अधिकृतको खटनपटनमा हुने कुरा भुल्नुभएको थियो होला ।’
उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक भइसकेका थिए । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो ।
त्यसो त प्रशासकीय अधिकृतको मातहमा चल्नुपर्ने पाण्डे मेयरको मात्र मौखिक आदेशमा चल्ने गरेको भन्दै जनप्रतिनिधिले उनीमाथि प्रशासनिक कारवाहीको चेतावनी समेत दिएका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’