कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

himpahiro chinese (1)

पोखरा । हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि फेला परेको छ ।

गत चैत ११ गते अन्दाजी १२: ३० बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुमरूङमा हिमपहिरो आएको थियो ।

अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ वुआन सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पार्न सकिएको थिएन ।

त्यसपछि कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि उक्त इलाका तर्फ खटिएको थियो ।

टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली, चुमरूङस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो ।

उक्त शवलाई पूर्वान्ह ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds