पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ ।
आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुने छ ।
सोही क्रममा गुरू विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका छन् ।

महायज्ञको संकल्प सभा पनि गरिएको छ । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिँदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिएका थिए ।
कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।

गत महिना नै बाराहीघाटमा सञ्चालन हुने भनिएको महायज्ञ पोखरा महानगरपालिकाको अवरोधका कारण त्यहाँ हुन सकेन र भूमिपूजनका बेला झडपको अवस्था पनि सिर्जना भएको थियो । विवाद समाधान समिति बनाएरै महायज्ञको स्थान परिवर्तन गरेपछि सौहार्दपूर्ण रुपमा महायज्ञ सञ्चालन गर्ने वातावरण बनेको हो । पोखरा महानगरपालिकाले पनि यस महायज्ञलाई स्वीकृति र सहमति प्रदान गरेको छ ।





भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो