पोखरा । पत्रकार हरि पन्तलाई पितृशोक परेको छ । उनका पुजनीय पिता रोहिणीप्रसाद पन्तको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
धादिङको साविक आगिञ्चोक–३ गाविस हाल त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा–५, पर्स्याङ निवासी रोहिणी लामो समयदेखि दम रोगबाट अस्वस्थ थिए।
स्व. पन्तको मंगलबार नै रामघाटमा अन्त्येष्टि भयो । त्यसअघि, पोखरा–१४, देउराली टोलबाट शवयात्रा भएको थियो । उनी २ दिनअघि माहिला छोरा गणेशको निवास पुगेका थिए।
उनका श्रीमती विन्दा पन्त, ४ छोरा, २ छोरी र १२ नातिनातिनी छन् । छोराहरु हरिसहित गणेश, कुमार र कुशल पन्त तथा छोरीहरु सानु अधिकारी र राधिका गौतम हुन्।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार हरि पन्त विभिन्न मिडिया तथा सामाजिक संघसंस्थामा आबद्ध छन्।
नीतिप्रेसका कार्यकारी सम्पादक उनी हाम्राकुरा डटकमका गण्डकी प्रदेश प्रमुख हुन् । धादिङ पोखरा सम्पर्क समाजका निवर्तमान महासचिव उनी हाल सल्लाहकार छन् । उनी होटल प्रतिनिधि समाज पोखरा, कपडा व्यवसायी एसोसिएसन पोखरा र थोक व्यवसायी संघ कास्कीमा प्रेस सल्लाहकार भूमिकामा छन् ।
नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा–५ का सचिव उनी नेपाल प्रेस युनियन कास्कीमा पनि छन् । बाबुको काजकिरिया पोखरा–५, पर्स्याङमा हुने परिवारजनले जनाएको छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो