पोखरा, २९ चैत
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो ।
सभाअघि ३ ठाउँबाट बृहत् र्याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्याली निकालिने र उक्त र्याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् ।
सभागृहको र्यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुने एमाले कास्की उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।
जागरण सभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ । र्यालीपछिको सभालाई नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् । र्यालीमा १८ हजार जनाको सहभागिता रहने गरी तयारी सकिएको उपाध्यक्ष बरालले बताए ।
जागरण सभाले गर्दा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न एमाले कास्की सचिव दर्शन लामाले आग्रह गरे । कार्यालय, विद्यालय बन्द रहने दिन भएकाले जागरण सभाले कार्यालय र पठनपाठनमा अवरोध नगर्ने उनको भनाइ छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला