पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का तिवारीलाई कुलपति नियुक्त गरेका हुन् । उनको ५ वर्ष कार्यकाल रहनेछ ।
प्राडा तिवारी पोखरा विश्वविद्यालयमा डिन हुँदै उपकुलपतिसमेत भइसकेका छन् । स्वतन्त्र अनुसन्धानकर्ता तथा विकास योजना र मानव बस्ती विकासका प्राध्यापक तिवारीले भूगोलमा स्नातकोत्तर (एमए) हासिल गरेका छन् ।
मानवबस्ती विकासमा एमएससी र ग्रामीण तथा क्षेत्रीय विकास योजनामा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डबाट पीएचडी उपाधि प्राप्त गरेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति रोजेका हुन् ।
विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा. यमुना घलेले चैत २१ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यी ३ जनाको नाम सिफारिस गरेका थिए ।
पहिलो कुलपति प्राडा गणेशमान गुरुङको गत फागुन ४ गते कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रियाको थालनी गरेको थियो । २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो ।
कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा यी ३ बाहेक प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?