पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन व्यवसायलाई माथि उठाउन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले आयोजना गरेको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्यालले पोखराबाट अन्तराष्ट्रिय उडान संचालनका लागि व्यवसायीलाई सक्रिय भएर लाग्न आग्रह गरे ।
चीन तर्फ सुरु भएका उडानलाई निरन्तरता दिँदै नजिकका छिमेकी देशहरुमा पनि उडानको पहिचान गरी अन्तराष्ट्रिय उडानमा संचालनका लागि सबै मिलेर पमह गर्नुपर्ने बस्यालले बताए । पर्यटनलाई कसरी माथि उठाउने भन्नेमा आफु चिन्तित रहेको उनले भनाई थियो ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले स्थानीय निकायले विभिन्न शुल्क उठाउदा पर्यटन क्षेत्रमा असर परेको बताए । उनले अन्तराष्ट्रिय विमानस्थल संचालनमा समेत गण्डकी सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकीका सचिव इन्द्रप्रसाद बस्याल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौला, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्षण सुवेदी, टान गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्ष उमा भण्डारी, टान गण्डकीका सचिव गोपालकृष्ण सग्रौला लगायतले पर्यटन क्षेत्रको विकास वारेमा भनाई राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह