पोखरा । दुरा सेवा समाजले खजे दुरालाई राष्ट्रिय विभूति बनाउन माग गरेका छन् । दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुरा जातिका अगुवाहरुले खजे दुराले दुरा जातिका लागि मात्र नभइ राज्यका लागि समेत ठूलो योगदान दिएकाले राष्ट्रिय विभूति बनाउन माग गरेका हुन् ।
उक्त वार्षिकोत्सवको सम्बोधन गर्दै संघीय सूचना तथा सञ्चार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय विभूति बनाउन आफुले सक्दो सहयोग गर्ने र तत्कालका लागि दुरा भाषामा समाचार पढ्ने, प्रकाशन गर्नुका साथै ठाडो भाखाका सर्जक देउबहादुर दुरालाई हुलाक चिठ्ठीमा राख्ने बताएका छन् । लम्जुुङको मध्यनेपाल नगरपालिका १० स्थित दुरा जातिको वर्चस्व रहेको हाँडीखोलामा आयोजित दुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवको सम्बोधन गर्दै मन्त्री गुरुङले दुरा जातिको प्रबद्र्धनका लागि सरकारले सञ्चालन गर्ने सञ्चार माध्यममा दुरा भाषामै समाचार पढ्ने र त्यसका लागि निवेदन दिन आग्रह गरेका हुन् ।
राज्यले अहिले २५ भाषामा रेडियो नेपालमा समाचार पढ्ने र ४५ भाषामा गोरखापत्रमा समाचार प्रकाशन हुने हुँदा २६औं र ४६औं भाषामा दुरा भाषा बनाउनका लागि तत्कालै निवेदन दिन अनुरोध गरे । दुरा जाति लोपोन्मुख अवस्थामा पुग्दा भाषा र लिपिको विकास गर्दा यसले अस्तित्व जोगिने सुनाए । पछिल्लो समय राजावादीहरुको सक्रिय बढेको सुनाउँदै उनले अल्पसंख्यक जातिका लागि नै संघीयता आएको सुनाउँदै रावाजादीतर्फ नलाग्न समेत अनुरोध गरे । ‘अल्प संख्यक जातिको संस्कृति जोगाउने संघीयताले नै हो राजावादीले होइन त्यसैले राजाको पछि नलाग्नुहोला’ उनले भने । ठाडो भाखाका सर्जक लम्जुङ हाँडीखोला बर्धानका देउबहादुर दुराले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले हुलाक टिकटमा राख्ने टिकटमा राज्यलाई योगदान दिने विशेष व्यक्तिहरुको फोटो उनीहरुको इतिहास हेरेर राखिने सुनाए । आफ्नो अधिकारका लागि खोजेर मात्र नहुने र लोपोन्मुख अवस्थामा रहेको जातिको उत्थानका लागि स्वयम सचेत भइ आर्थिक तथा सामाजिक सम्मुनतका लागि समेत युवाहरुलाई सुरक्षा निकाय, निजामति कर्मचारी बनाउन जोड दिए । हिजो पुर्खाहरुले पेन्सन पाउन र व्रिटिस आर्मीमा जानकै लागि गुरुङ लेखाउँदा आफ्नो मौलिक र वास्तविक जाति हटाउन बाध्य भएको विषयमा समेत राज्य गम्भिर भएकाले त्यसतर्फ ध्यान दिँदै अब आफ्नै मुल जाति लेखाउन पाउने गरि व्यवस्था गर्न लागेको सुनाए । ‘राज्यको पछि लागेर मात्रै हुँदैन हामी पनि अब सक्षम हुन अत्यावश्यक छ । अधिकार खोज्नका लागि अब शिक्षित त हुनुपर्छ नै त्यसका बाबजुत अब हामी लोकसेवादेखी आर्मी पुलिसम्म हुनुपर्छ’ उनले भने, ‘यसले राज्यका हरेक निकायमा हाम्रो सहभागिता जनाउछ र हाम्रो जातिको प्रर्बद्धन गराउन समेत मद्धत गर्छ । अहिले भाषाको विकास भइसकेको छ अब पहिचानका लागि अघि बढौं ।’ समाजका केन्द्रिय उपाध्यक्ष बलबहादुर दुराले दुरा समाज राज्यको तर्फबाट छायाँमा परेको सुनाए ।
समाजका अध्यक्ष सुरेश कुमार दुराले १५५० देखि दुरा जाति नेपालमा रहेको सुनाए । खजे दुराले राज्य अभिषेक गर्नका लागि कुस्माकर घिमिरेसहित राजा ल्याएको बताए । कालु शाहलाई ल्याएको र लम्जुङमा राजा स्थापना गराएका थिए । इतिहास अरुले लेखेर नभइ आफैले उजागर गर्नुपर्ने उनले सुनाए । आफुहरुको इतिहासलाई कसैले बङ्ग्याउन खोजे त्यो सह्य नहुने चेतावनी दिए । दुरा जातिको वार्षिकोत्सव समारोह मनाउँदै गर्दा नमनाए हुँदैन भन्ने कुरा आएको र यो मनाउनै पर्ने उनले बताए । संस्थालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत गम्भिर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा दुरा समाज लम्जुङ अध्यक्ष बलबहादुुर दुरा, काठमाडौंको अध्यक्ष किसान दुरा, महिला समाज केन्द्रिय अध्यक्ष नरमाया दुरा, नेकपा एमाले लम्जुङ उपाध्यक्ष जितबहादुर गुरुङ, समाजका सल्लाहकार देवबहादु दुरा, दुरा विद्यार्थी समाज केन्द्रिय सचिव मुना दुरालगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नृत्य समेत प्रस्तुत गरिएको थियो कार्यक्रम सञ्चालन केन्द्रिय महासचिव प्रेम दुराले गरेका थिए ।
विभिन्न व्यक्ति सम्मानित
सोही क्रममा समाजले विभिन्न व्यक्तिलाई समेत सम्मान गरेको थियो । समाजमा सबैभन्दा ज्येष्ठ नागरिक एक बहादुर दुरा, पानमति दुरा र कमला दुरालाई सम्मान गरेको हो । यस्तै हंगेरी लेप्टन सुरज दुुरा, इन्सपेक्टर भरत बहादुर दुरा तथा स्नातकोत्तर उतिर्ण गर्ने विद्यार्थीहरु सुमित्रा दुरा, हेमा दुरा, हरिमाया दुरा, सुनिता दुरा र जुना दुरालाई समेत सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह