पोखरा । नेपाली काँग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ ।
कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता जनाएका हुन् ।
शिक्षक समुदायले उठाएका मागहरु शिक्षाको गुणस्तर अभिवृद्वि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्वन्धित भएको उल्लेख छ । मागहरु अत्यन्तै जायज र सुसंगत छन् । विज्ञप्ति भनिएको छ ।
विज्ञप्तिमा मागहरु प्रति राज्यको बेवास्ता र प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषा राष्ट्रको गरिमा र सभ्य समाजको परिकल्पनासँग मेल खादैन भनिएको छ ।
शिक्षकका मागहरुलाई शीघ्र सम्बोधन गर्न, सहमतिको आधारमा समाधान खोज्न र शिक्षा क्षेत्रप्रति सम्मान जनाउने व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
शिक्षकमाथिको अनादर सम्पूर्ण राष्ट्रको अपमान हो, विज्ञप्तिमा भनिएको छ,। शिक्षकको कुनै कमीकमजोरी भए त्यसलाई संवाद र कानूनी प्रक्रियाबाट सम्वोधन गर्न सकिन्छ तर आन्दोलन प्रति गरिएको हेपाहा दृष्टिकोणले झन् समस्यालाई जटिल बनाउँछ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह