पोखरा । नेपाली काँग्रेस कास्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी शिक्षक आन्दोलन प्रति पूर्ण ऐक्यवद्वता जनाएको छ ।
कास्की काँग्रेसका सभापति किशोरदक्त बरालले विज्ञप्ति प्रकाशित गरी नेपाल शिक्षक महासंघको अगुवाइमा १४ दिन देखि जारी आन्दोलन प्रति ऐक्यवद्वता जनाएका हुन् ।
शिक्षक समुदायले उठाएका मागहरु शिक्षाको गुणस्तर अभिवृद्वि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्वन्धित भएको उल्लेख छ । मागहरु अत्यन्तै जायज र सुसंगत छन् । विज्ञप्ति भनिएको छ ।
विज्ञप्तिमा मागहरु प्रति राज्यको बेवास्ता र प्रधानमन्त्रीज्यूको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषा राष्ट्रको गरिमा र सभ्य समाजको परिकल्पनासँग मेल खादैन भनिएको छ ।
शिक्षकका मागहरुलाई शीघ्र सम्बोधन गर्न, सहमतिको आधारमा समाधान खोज्न र शिक्षा क्षेत्रप्रति सम्मान जनाउने व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
शिक्षकमाथिको अनादर सम्पूर्ण राष्ट्रको अपमान हो, विज्ञप्तिमा भनिएको छ,। शिक्षकको कुनै कमीकमजोरी भए त्यसलाई संवाद र कानूनी प्रक्रियाबाट सम्वोधन गर्न सकिन्छ तर आन्दोलन प्रति गरिएको हेपाहा दृष्टिकोणले झन् समस्यालाई जटिल बनाउँछ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?