पोखरा । कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँर्मा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो ।
होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्याटन गरे । पोखराको पृथ्वीचोक, बिजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउमा बास बसेका थिए । यहाँबाट मनोरम अन्नपूर्ण हिमश्रृङ्खला र पोखरा तर्फको मनोरम दृष्य देख्न सकिन्छ ।
सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थाले पछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ । ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउछन् । अहिले भने गाउँमा पुग्ने अधिकांस सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ ।
अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे संचालन गर्न लागिएको अगुवन क्याप्टेन तेजबहदुर गुरुङ बताउछन् । होमस्टे संचालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ र्। गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे संचालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे संचालन गर्न गइरहेका छौँ, उनले भने ।

५ घरबाट होमस्टे सुरुवात गरिएको छ । एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुङ्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उदेश्यले होमस्टे संचालनमा ल्याइएको हो ।
होमस्टेको उद्याटन गदैँ मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उनले भने ।
होमस्टे उद्याटन कार्यक्रममा बोल्दै रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादनर संस्कृती प्रवद्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लुङ्कोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लुङ्कोटका समस्या र सम्भावना वारे भनाई राखेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार