पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मजुवा द्वारेखरबारी स्थित श्रीभगवतीटार आमा समुहको आयोजनामा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका पत्रकार कृष्ण रानाभाट सहित समाजसेवीहरु बुधबार सम्मान गरेको छ ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाट, समाजसेवीहरु भेष बहादुर गुरुङ, खिम बहादुर गुरुङ, तुल बहादुर गुरुङ, पुर्व अध्यक्ष शशि गुरुङलाई पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै वडा नं १५ ले निस्सा बितरण गरिसकेकोले द्वारे खरबारी मजुवाका टोलबासीको बलियो प्रमाण हुने बताउँदै यो बस्ती जोगाउनु पर्ने र यहाँका जनता यहीँ बस्न पाउनु पर्ने बताए ।
सो अबसरमा पोखरा १५ की वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियारले पदिय जिम्मेवारी निभाउँदै नियम कानुनको अधिनमा रहि काम गरिएको बताए ।
नेकपा एमाले पोखरा १५ वडा इकाइ अध्यक्ष माधब गौतमले श्रीभगवतीटार आमा समुहले सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गरेको बताउँदै स्थानिय जनताको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए ।
दरबारथोक मिडिया प्रालिका अध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले नयाँ बर्ष २०८२ साल भित्र मजुवा द्वारे खरबारीमा वसोबास गर्ने बुबाआमा दिदीबहिनी तथा दाजुभाईका समस्या सबै समाधान होस्, सधैं भर हकअधिकारको लागि मात्रै लड्न नपरोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।
मजुवा द्वारेखरबारी टोल बिकास संस्थाका अध्यक्ष शशि गुरुङले आमा समुह तथा महिला समुह लाई सार्वजनिक कार्यक्रममा उपस्थित गराएर सभ्य र भब्य रुपमा सम्पन्न गर्न प्रयोग गर्ने तर उहाँहरुलाई उचित सम्मान गर्नुपर्छ भन्ने परिपाटी नरहेको तितो सत्य वोल्दै अरु संघ संस्थाले जे गरे पनि वडाले आमा समुहलाई प्रोत्साहन दिन आग्रह गरेका थिए ।
पोखरा १५ का महिला स्वास्थ स्वयंसेवीका सरस्वती सुवेदी अधिकारीले वडामा स्वास्थ समस्या आइ परेमा पहिला नजिकैको स्वास्थ केन्द्रमा उपचारको लागि जानुपर्ने बताए ।
समुहकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कान्ति गुरुङ र संचालन सहसचिव सलिना गुरुङले गरेकी थिइन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु