पोखरा । इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्टको पोखरामा अत्याधुनिक शैक्षिक भवन निर्माण सुरु भएको छ ।
दीर्घकालीन शैक्षिक लक्ष्यलाई ध्यानमा राख्दै निर्माण सुरु गरिएको चारतले भवनको शिलन्यास बुधबार कलेजका प्रिन्सिपल शुशिल अधिकारीले गरेका हुन् ।
प्रिन्सिपल अधिकारीले प्रविधिले संसारलाई चलाइरहेको हुँदा सूचना प्रविधिको युगमा प्रतिस्पर्धा गर्न विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई तिनलाई विश्वस्तरीय पूर्वाधार र वातावरण चाहिने हुनाले पूर्वाधार निर्माण जरुरी रहेको बताए ।
सन् २००५ मा स्थापना भएको इन्फोम्याक्स कलेजले विगत दुई दशकदेखि गुणस्तरीय र पहुँचयोग्य उच्च शिक्षाका कार्यक्रमहरू प्रदान गर्दै आएको छ । हाल कलेजमा चार सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

बढ्दो चापसँगै आगामी दिनमा १५ सय विद्यार्थीलाई एकैपटक अध्यापन गराउन सकिने खालको पूर्वाधार निर्माण सुरु गरिएको छ । प्रतिभा फाउण्डेसनसँगको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।
यहाँ निर्माण हुन लागेको भवनले कलेजको भौतिक पूर्वाधार मात्र नभइकन सम्पूर्ण शिक्षण परिकल्पनालाई नयाँ उचाइमा पुर्याउने कलेजका सल्लाहकार नारायण पौडेलले बताए ।
करिब २६ करोडको लागतमा ५ रोपनी क्षेत्रफलमा भवन निर्माण हुनेछ । जसमा मोडन भवन, प्रयोगशालाहरू, पुस्तकालय, क्यान्टिनसहित फुटसल, ब्याडमिन्टन र बास्केटबल कोर्टसमेत रहनेछन् ।
कलेजले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपियू) मलेसियासँगको सहकार्यमा बीएससी आइटी र एमबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संसारभरिका ४० हजार विश्वविद्यालयमध्ये एपियू विश्व र्याङ्किङमा ६११ औं स्थानमा पर्न सफल भएको छ । इन्फोम्याक्स कलेजमा अहिले पनि अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, खेलकुद सामग्री र अतिरिक्त क्रियाकलापहरू सञ्चालनमा छन् ।
अब नयाँ शैक्षिक सत्रबाट नयाँ भवनबाटै पढाइ सुरु गरिने बताइएको छ । अबको ८ महिनामा निर्माणको कार्य सक्ने गरी काम अगाडि बढाइएको छ । सूचना प्रविधिको द्रूत विकाससँगै नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप दिने उद्धेश्यले पूर्वाधार निर्माणमा जोड दिइएको कलेजले बताएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो