पोखरा । इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्टको पोखरामा अत्याधुनिक शैक्षिक भवन निर्माण सुरु भएको छ ।
दीर्घकालीन शैक्षिक लक्ष्यलाई ध्यानमा राख्दै निर्माण सुरु गरिएको चारतले भवनको शिलन्यास बुधबार कलेजका प्रिन्सिपल शुशिल अधिकारीले गरेका हुन् ।
प्रिन्सिपल अधिकारीले प्रविधिले संसारलाई चलाइरहेको हुँदा सूचना प्रविधिको युगमा प्रतिस्पर्धा गर्न विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई तिनलाई विश्वस्तरीय पूर्वाधार र वातावरण चाहिने हुनाले पूर्वाधार निर्माण जरुरी रहेको बताए ।
सन् २००५ मा स्थापना भएको इन्फोम्याक्स कलेजले विगत दुई दशकदेखि गुणस्तरीय र पहुँचयोग्य उच्च शिक्षाका कार्यक्रमहरू प्रदान गर्दै आएको छ । हाल कलेजमा चार सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

बढ्दो चापसँगै आगामी दिनमा १५ सय विद्यार्थीलाई एकैपटक अध्यापन गराउन सकिने खालको पूर्वाधार निर्माण सुरु गरिएको छ । प्रतिभा फाउण्डेसनसँगको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।
यहाँ निर्माण हुन लागेको भवनले कलेजको भौतिक पूर्वाधार मात्र नभइकन सम्पूर्ण शिक्षण परिकल्पनालाई नयाँ उचाइमा पुर्याउने कलेजका सल्लाहकार नारायण पौडेलले बताए ।
करिब २६ करोडको लागतमा ५ रोपनी क्षेत्रफलमा भवन निर्माण हुनेछ । जसमा मोडन भवन, प्रयोगशालाहरू, पुस्तकालय, क्यान्टिनसहित फुटसल, ब्याडमिन्टन र बास्केटबल कोर्टसमेत रहनेछन् ।
कलेजले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपियू) मलेसियासँगको सहकार्यमा बीएससी आइटी र एमबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संसारभरिका ४० हजार विश्वविद्यालयमध्ये एपियू विश्व र्याङ्किङमा ६११ औं स्थानमा पर्न सफल भएको छ । इन्फोम्याक्स कलेजमा अहिले पनि अत्याधुनिक कम्प्युटर प्रयोगशाला, डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, खेलकुद सामग्री र अतिरिक्त क्रियाकलापहरू सञ्चालनमा छन् ।
अब नयाँ शैक्षिक सत्रबाट नयाँ भवनबाटै पढाइ सुरु गरिने बताइएको छ । अबको ८ महिनामा निर्माणको कार्य सक्ने गरी काम अगाडि बढाइएको छ । सूचना प्रविधिको द्रूत विकाससँगै नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप दिने उद्धेश्यले पूर्वाधार निर्माणमा जोड दिइएको कलेजले बताएको छ ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?