पोखरा । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।
देवी प्रतिभाले पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा शुक्रबार समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनले जानकारी दिएको छ ।
देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।
त्यस्तै , शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आइपुगेका उनले देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको बिदाई गरिँदैछ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ । बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखि संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । यसैबीच, उनको कथा प्रवचन शुक्रबार समापन हुँदैछ । पाण्डेयलाई कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी कोटीहोममा शीतलकृष्ण महाराजसँगै सुप्रिया किशोरीको आगमन भएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला