देवी प्रतिभा २५ जना सदस्यसहित नेपाल आइपुगिन्, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने

धर्म

देवी प्रतिभा २५ जना सदस्यसहित नेपाल आइपुगिन्, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने

devi-prativaaaaaa-(1)_gXazQ9svF4

पोखरा ।  कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।

देवी प्रतिभाले पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा शुक्रबार समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनले जानकारी दिएको छ ।

देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।

त्यस्तै , शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको बिदाई गरिँदैछ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ । बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखि संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । यसैबीच, उनको कथा प्रवचन शुक्रबार समापन हुँदैछ । पाण्डेयलाई कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी कोटीहोममा शीतलकृष्ण महाराजसँगै सुप्रिया किशोरीको आगमन भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ