पोखरा । हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो ।
साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिका पर्यटकको लागि पहिलो रोजाईमा आउनुमा पर्यटन व्यवसायीहरुको हात रहेको वताउँदै गाउँपालिकाले पर्यटकीय क्षेत्रमा व्यवसाय मैत्री वातावरणमा जोड दिएको वताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले नेपालमा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको वताउँदै पर्यटनवोर्ड व्यवसायीको साथमा रहेको वताए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकनाथ गौतमले भिटोफ संस्थाले जस्तै अन्य संघसंस्थाहरुले पनि आफ्ना वार्षिक कार्यक्रमहरु गाउँगाउँमा गएर गरेका गाउँको पर्यटन फस्टाउने वताए ।
भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने मुल मन्त्रलाई ध्यानमा राखेर संस्थाले कार्यहरु गर्दै आएको वताए ।
कार्यक्रममा मञ्चका सल्लाहकार टिकाराम सापकोटा, पूर्व अध्यक्ष नवराज अधिकारी, होटल संघ गण्डकीका उपाध्यक्ष गणेशराज पहारी, अक्टोबर इनकी संचालन भावना रानाभाट, कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेकी अध्यक्ष बबिता गुरुङ र सचिव झलश्री गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, पर्यटन व्यवसायी इको भिलेज रिसोर्टका संचालक विश्वराज अधिकारी, व्यक टु नेचरका संचालन डम्बर पुन लगायत पर्यटन व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभाले प्रथम उपाध्यक्ष रमेश अर्यालले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शरण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
मञ्चकी अध्यक्ष शोभा कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष शुशिला भण्डारीले र संचालन सचिव लक्ष्मण पहारीले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन