पोखरा । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदाम र लियो क्लब अफ पोखरा संगमको आयोजनामा पोखरामा दन्त स्वास्थ्य शिक्षा तथा शिविर भएको छ । पोखरा ६ लेकसाइडका सामुदायीक प्रहरी सेवा बैदामको कार्यालयमा भएको शिविरमा करिब १ सय २५ जनाले स्वास्थ्य सेवा लिएका छन् । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिकि तथा पोखरा महानगरपालिका वडा नम्बर ६ को सहकार्य रहेको थियो ।
मुख, गिजा तथा दन्त स्वास्थ्य शिक्षा दिने उद्देश्यले आयोजना भएको कार्यक्रममा कसरी मुख, गिजा तथा दातलाई स्वास्थ्य राख्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको थियो । सेन्टरकी प्रशिक्षक दशमी गुरुङले स्वस्थ रहन मुख, गिजा र दाँत सफा राख्नु पर्ने बताइन् । उनले मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत रहेको बताइन् । दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ नहुने उनको भनाई छ । दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नु पर्ने उनको भनाई छ ।
शिविरमा सबै भन्दा बढि दाँतमा किरा लागेका विरामीहरु आएको सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर बरालले बताए । उनले किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या भएका विरामी धेरै आएको बताए ।
शिविरमा स्वदेशी तथा विदेशी नागरीकले स्वस्थ्य सेवा लिएका थिए । नेपालमा दाँतको समस्या भएका विरामी धेरै हुने भएकाले आफुहरुले शिविर राखेको लियो क्लब अफ संगमका अध्यक्ष सगुन पौडेलले बताए ।
शिविरको उद्घाटन कार्यक्रममा लायन्सका पुर्व गर्भनर दिपक श्रेष्ठ, पोखरा महानगरपालिका वडा नम्बर ६ का सदस्य दिपेन्द्र पहारी, सामुदायीक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पुर्व अध्यक्ष पम्फा पहारी, लियो क्लब अफ संगमका सचिब आरम्भ पहारी लगाएतले लायन्स, सामुदायीक प्रहरी र मुख, गिजा र दाँतको सफाइका बारेमा चर्चा गरेका थिए । उनीहरुले दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने बताएका थिए । शिविरमा डाक्टर विनिता ढुङ्गाना, आरडिएच सुनिल घले, अन्जली गुरुङ, रेजिया लगाएतले शिविरमा सेवा प्रदान गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु