पोखरा । नेपाल पत्रकार महासंघ कास्की आयोजनामा अदालती रिपोर्टिङसम्बन्धी तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहयोगमा २ दिनसम्म चलेको तालिममा करिब ८० जना पत्रकारले भाग लिएका थिए ।
प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष शिव गाउँले थिए । अनलाइनखबरका प्रधानसम्पादकसमेत रहेका गाउँलेले अदालतमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । शनिबार नै कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका प्रक्रिया बताए ।
पहिलो दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वसचिव धर्मराज कुइँकेल र गण्डकी प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले प्रशिक्षण दिएका थिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङमा ख्याल गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । प्रशिक्षार्थीतर्फबाट तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको प्रतिक्रिया दिए । कार्यक्रममा स्वागत माधव रेग्मी र संचालन भूपाल गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा