ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु

wotef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)द्वारा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आजदेखि पोखरामा तीन दिने डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली विषयक तालिम सुरु गरिएको छ ।

महिला पर्यटन व्यवसायीलाई लक्षित गरी आयोजित तालिममा पर्यटन व्यवसाय र अवसरहरू, व्यवसायिक कानुनी पक्ष लगायतका विभिन्न विषयमा तालिम दिइने ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिए ।

पछिल्ला समयमा पर्यटन व्यवसायका क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताउँदै उनले पर्यटन व्यवसायमा बढ्दो प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न विज्ञहरूले तालिम दिनुहुने जानकारी दिए ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरामा पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको बजारीकरणममा नविनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिदै उनले तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा विमानस्थल निर्माणका सम्बन्धमा दोषीलाई कारवाही गनुपर्ने तर यसलाई जोडेर समग्र पोखरालाई बदनाम गर्न नपाइने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष हरि भुजेल, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पोखरामा पर्यटकको बसाई लम्ब्याउने किसिमका गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।

तालिममा पर्यटन व्यवसायमा संलग्न ६० जना महिला पर्यटन व्यवसायी सहभागी रहेको ओटेफका महासचिव एवम् कार्यक्रम संयोजक लक्ष्मी लामिछानेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ