पोखरा। र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने, निकिता, भरतमणि भट्टराई, बाबुराम सुवेदी, रेशम गिरीलगायतले पुस्तक आदानप्रदान गरेका थिए ।
युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मानस्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाहरूले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् । र्यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष पुस्तक दिवस र पुस्तकालय दिवसमा आफूलाई मन परेको किताब प्रदान गर्दै अर्का पाठकबाट निजलाई मन परेको किताब लिने गरी पुस्तक आदानप्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो