पोखरा। र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने, निकिता, भरतमणि भट्टराई, बाबुराम सुवेदी, रेशम गिरीलगायतले पुस्तक आदानप्रदान गरेका थिए ।
युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मानस्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाहरूले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् । र्यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष पुस्तक दिवस र पुस्तकालय दिवसमा आफूलाई मन परेको किताब प्रदान गर्दै अर्का पाठकबाट निजलाई मन परेको किताब लिने गरी पुस्तक आदानप्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
रानीपौवामा निःशुल्क शिविर
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोर मृत फेला
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार