विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग

विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग

Kaski-Congress

पोखरा। नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैंठकले विद्यानमा भएको व्यवस्था अनुसार, पार्टीको तल्लो तहका सम्मेलन पछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नविकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ