स्याङ्जाको गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अवैध रुपमा भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद भएको छ ।
प्रहरीले बिल नभएको ५० केजी तौलको चिनीका २१० बोरा, ५ केजीको भुजाका ३९ बोरा र ३० केजीको केराउका १८ बोरा बरामद गरेको छ ।
सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रकबाट अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार बिहान साढे एक बजे चेकजाँचका क्रममा अवैध सामान भेटिएपछि ट्रक, चालक र सहचालकहरुलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।
पक्राउ पर्नेमा चालक रुपन्देही सुद्योधन गाउँपालिका वडा नम्बर – ३ का २४ वर्षीय वसन्त परियार र सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर – ४ का ४० वर्षीय सुमन वि.क. र रुपन्देही सियारी गाउँपालिका वडा नम्बर – ६ का २३ वर्षीय दिप्सन सुनार रहेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएका सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह