गोरखा भूकम्प गएको १० वर्ष पुगेको अवसरमा पोखरामा भूकम्प सिकाई प्रदर्शनी गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एक दिने भूकम्प सिकाई प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा पोखरा महानगरपालिका अन्तर्गतका शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएका थिए । भूकम्प जानुअघि, जाँदै गर्दा र गईसकेपछि के गर्नुपर्छ ? भूकम्पको तयारी गर्ने उपाय र विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर सम्बन्धि विद्यार्थीलाई प्रशिक्षित गराइएको नाष्टका भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए ।
भुकम्पविद् डा. वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुले ८ भन्दा ठुलो म्याग्नेच्युडको भूकम्प ल्याउन सक्ने शक्ति पश्चिम नेपालको जमिनमुनि संचित भइसकेको छ भनेर देखाइसकेको बताए । उनले सो अवस्थामा भविष्यमा जाने भूकम्पको तयारीको लागि हामी सबैले मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरे ।
प्रदर्शनीमा भूकम्प, भूकम्पको कारण, प्लेट टेस्टोनिक्स, गोरखा भूकम्प, भूकम्पको विज्ञान, मोडल र भूकम्पको म्याग्नेच्युड र भूकम्पको तीव्रता, र भूकम्पको भविष्यवाणी गर्न किन सकिदैन ? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
नेपालसहित स्विजरल्याण्ड, सिंगापुर, बेलायतमा भूकम्पको विधामा काम गरिरहेका विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षण गराएका थिए ।
प्रदर्शनीमा भूकम्पसम्बन्धि हाजिरीजवाफ र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला