पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ को तयारी तीव्र पारिएको छ ।
यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने च्याम्पियनशीपको तयारी ९० प्रतिशत पूरा भइसकेको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनशीपमा छ वटा टीमको सहभागिता रहनेछ ।
विदेशका टीमहरु इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी प्रदेश टोली र नेपालका तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।
इरानी भलिबल टोलीका केही सदस्यहरू पोखरा आइसकेको गभर्नर अर्यालले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्नार्थ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ र टाइगर कप भलिबल आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
क्लबले पोखरामा गत चैत १४ गते र काठमाण्डौमा चैत १८ गते पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइसकेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन