पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो ।
कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि.स. १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी आएर बसेपछि गाउँले उक्त ठाउँमा कुण्डहरु बनाउने, पूजापाठ गर्न सुरु गरिएको बताए । अहिले यसको विकासमा गाउँले लागिरहेको रसबैको साथ र सहयोग आवश्यक रहेको बताए । महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा सदबीज छरिने चलनसमेत छ । महाप्रभुधामसँगै रतनपाण्डे मन्दिर, त्यस क्षेत्रमा रहेको ऐतिहासिक गुफा र त्यस वरपरको पर्यटकीय क्षेत्रको विकासका लागि पत्रकारको कलम र क्यामेरा चल्नुपर्ने उनले बताए ।

वडा नम्बर १३ का अध्यक्ष किरण बरालले वडामा विभिन्न पर्यटकीय ठाउँहरु भए पनि विकास हुन नसकेको बताए । उनले यी ठाउँहरुलाई कसरी विकास गर्न सकिन्छ भनेर लागीरहेको र डिपिआर तयार पारेर अगाडि बढेको उल्लेख गरे ।
सोही अवसरमा संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । संघका अध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बरालले वडाका पर्यटकीय स्थलको प्रचारप्रसारमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण गरेको बताए ।
उनले आगामी दिनहरुमा पनि फोटो पत्रकार संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणी बराल, निवर्तमान अध्यक्ष दुर्गा पौडेलले फोटो पत्रकारिताका विषयमा बोलेका थिए । उनीहरुले पत्रकारितामा लेखनसँगै फोटो पनि त्यत्तिकै आवश्यक हुने बताएका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?