पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण शनिबार पोखरामा सम्पन्न भएको छ ।
संघको ११ वार्षिक साधारण सभाको उद्घाटन नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष किसान सुनारले गरे ।
संघको वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै केन्द्रिय अध्यक्ष सुनारले सुनचाँदी रत्न तथा आभुषण व्यवसायीले देशको आर्थिक समृद्धिमा योगदान गरेको बताए ।
‘हामी सबैलाई थाहा छ, यो व्यवसाय विस्तारै परम्परागतबाट उद्यम तर्फ उन्मुख भइरहेका छ, सुनचाँदीका क्षेत्रमा व्यवसाय गर्ने हामीहरु अझै पनि परम्परागत हिसाबाट चलेका छौं, स्वरोजगारका हिसाबले काम गरेका छौं, अध्यक्ष सुनारले भने, ‘ यो व्यवसाय विस्तारै उद्यमको रुपमा विकसित भइरहँदा यसले मुलुकलाई राजश्व वृद्धि, रोजगारीको रुपमा राज्यलाई योगदान गरिरहेको छ ।’
अध्यक्ष सुनारले व्यवसायीहरुले वार्षिक रुपमा राज्यलाई अरवौ राजश्व तिर्दा पनि सरकारले प्राथमिकता नराखेको बताए ।
‘ यस क्षेत्रका व्यवसायीहरुले वार्षिक रुपमा अरवौ राजश्व राज्यलाई तिर्दैै आएका छन् तर सरकारले यस व्यवसायलाई प्राथमिकता राख्न सकेको छैन्’, उनले भने, ‘जबसम्म राज्यले व्यवसायलाई प्राथमिकतामा राख्न सक्दैन मुलुक अठ्यारोमा पर्दै जान्छ, जबसम्म हामीले मौलिक गरगहनालाई अन्र्तराष्ट्रिय बजारमा पठाउन सक्दैनौं ब्यापार घाटामा परिरहन्छौं ।’
उनले अन्र्तराष्ट्रिय बजारमा नेपाली मौलिक गरगहनाको माग उच्च रहेपनि राज्यले उचित ध्यान दिन नसक्दा व्यवसायीहरु मारमा परेको उल्लेख गरे ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीका अध्यक्ष भरत विकले ५० हजार भन्दा माथिको कारोबार गर्दा चेकबाट हुनुपर्ने कानूनी व्यवस्था भएकाले चेक बाउन्स हुने र चेक वाहक व्यक्ति सम्पर्क विहिन भएको खण्डमा उक्त रकमको जोखिम स्वयम व्यापारी नै हुनुपर्ने भएकाले यस व्यवस्था परिमार्जन हुनुपर्ने माग गरे ।
उनले सुनचाँदीको गुणस्तर मापन गर्ने हामी टन्च मेसिन नापतौल विभागबाट मान्यता नपाएकाको गुनासो समेत गरे ।
साधारण सभाको अवसरमा २०८१ को एसइई परीक्षामा उत्कृष्ट जिपिए लिएर ल्याउने व्यवसायीका छोरा/छोरी, सुशान्त विक, कृतन घिमिरे, कक्षा १२ उत्तिर्ण सर्गम सुनार, स्नातक तह उत्तिर्ण गर्ने सुजिता सुनारलाई सम्मान गरिएको थियो ।
यस्तै सफल व्यवसायी स्याङ्जा स्वर्णीम ज्वेलर्सका रमेश वि।क र महिला उद्यमीतर्फ प्रभु सुन पसलका रिता दुधराजलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह