लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ ले एसइई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिमको शुक्रबार देखि शुभारम्भ भएको छ ।
तालिम शुभारम्भ गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताए ।
तालिमले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्नको लागि पनि थप सहयोग पुग्ने उल्लेख गर्दै, अध्यक्ष थापाले डिजिटल प्रविधिको सिकाई जीवन उपयोगी हुने समेत बताए ।
भिडियो सम्पादन, विषयबस्तुको खोजी र चयन एवं ग्राफिक्स डिजाईनको तालिमले एसईईको नतिजा पछिको अध्ययनलाई समेत थप टेवा पुग्ने उनले उल्लेख गरे ।
अध्यक्ष थापाले सामाजिक संजाल र नयाँ सञ्चार माध्यमको विकास भैरहेको अवस्थामा तालिमपछि आय आर्जनसँग पनि जोडिने गरी शिप सिक्न प्रशिक्षार्थीलाई आग्रह गरे । उनले वडाले पढ्दै कमाउँदै र बुक फ्रि डे जस्ता विद्यार्थी लक्षित कार्यक्रम बनाएको जानकारी दिंदै त्यसलाई शिप विकाससँग जोड्दै लगिने स्पष्ट पारे ।
कार्यक्रममा शिक्षाविद् रविराज बरालले परिक्षा पछिको फुर्सदको समय के गर्ने भन्ने निर्णय गर्न नसकेका विद्यार्थीका लागि उचित समयमा तालिम प्रदान गरिएको बताए ।
उनले बृज कोर्षको नाउँमा विद्यार्थीहरुले महङ्गो शुल्क तिर्ने गरेको उल्लेख गर्दै, शिप विकास हुने तालिमको आयोजना गरेर वडाले स्थानीय सरकार हुनुको अनुभुती दिलाएको बताए ।
वडा सदस्य तिर्थबहादुर राजभाटको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा वडा नं. २६ का वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेल लगायतले सामाजिक सञ्जाल सहितको डिजिटल प्रविधिको ठुलो बजार रहेको उल्लेख गर्दै, त्यसको सदुपयोग गर्न आग्रह गरे ।
भिडियो सम्पादन, ग्राफिक्स डिजाईन, कन्टेन क्रियशन, व्यक्तित्व विकास, प्रोग्रामिङ एण्ड रोवटिक्स सहितको तालिममा वडा नं. २६ का ७० बालबालिकाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन