पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ ।
बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोली बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए ।
नेपालका ३ विभागीय र गण्डकी प्रदेशले प्रतियोगितामा सहभागिता जनाउनेछन् । पोखरामा पहिलोपटक इन्डोरमा भलिबल हुन लागेको हो । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

बैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । उपविजेता टोलीलाई २ लाख ४४ हजार ४ सय ४४ रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४ सय ४४ र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ८ हजार ४ सय ४४ पाउनेछन् ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ