पोखराका फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन् ।
काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजेको आयोजनामा भएको ५ औं राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा अवार्ड प्राप्त गरेका हुन् ।
प्रेम परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक हुन् । उनी यसअघि ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रादेशिक ललितकला प्रदर्शनी २०८० बाट सम्मानित भएका थिए । यसअघि पनि एनएफपीजेले नै आयोजना गरेको फोटो पत्रकारिता अवार्डबाट सम्मानित भइसकेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सभामुख देवराज घिमिरेले प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । उत्कृष्ट ५ मनोनयनमा परेका विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, सागर गिरीलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल थिए ।
अवार्ड प्राप्त गरिसके पछि प्रेमले खुशी प्रकट गरे । मेहनतको प्रतिफल मिलेको उनी बताउँछन् । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिँदै जाने प्रतिबद्धता उनले गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पुर्याएको स्पष्ट पारे।
कार्यक्रमका विशिष्ट अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गरे। उनले शब्दलाई बंग्याएर राख्न सकिएला तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने बताए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ