पोखरा । स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। सोमबार स्पेन र पोर्चुगलको अधिकांश ठाउँहरुमा व्यापक मात्रामा विद्युत् आपूर्ति बन्द हुँदा अधिकांश क्षेत्रमा अन्धकार छाएको छ।
व्यापक विद्युत अवरोधका कारण सार्वजनिक यातायात ठप्प भयो भने सडकहरूमा ठूलो जाम लाग्यो। साथै विमानस्थलका उडानहरूसमेत डिले भए भने कतिपय उडानहरु रद्दसमेत गर्नुपरेको रोयटर्सले जनाएको छ।
घटनाको व्यवस्थापनका लागि स्पेनमा एक संकट व्यवस्थापन समिति गठन गरिएको छ। ठूलो मात्रामा विद्युतीय संकट देखिएपछि स्पेन र पोर्चुगल सरकारले आपतकालीन मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
यो अवरोधले स्पेनको उत्तरपूर्वी सीमानासँग जोडिएको फ्रान्सको केही भागलाई पनि छोटो समयका लागि प्रभावित पारेको जनाइएको छ।
पोर्चुगलको युटिलिटी कम्पनी आरइएनले सम्पूर्ण इबेरीन प्रायद्वीपमा विद्युत् आपूर्ति बन्द भएको पुष्टि गरेको छ। जसले फ्रान्सको केही भूभागलाई समेत असर गरेको बताएको छ।
त्यस्तै, स्पेनको विद्युत् ग्रिड सञ्चालन कम्पनी ‘रेड इलेक्ट्रिक्स’ ले क्षेत्रीय ऊर्जा कम्पनीहरूसँग मिलेर विद्युत् पुनस्र्थापनामा काम गरिरहेको जनाएको छ।
यसैबीच विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।
स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताएका छन् ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान