पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपकराज गिरी निर्वाचित भएका छन् ।
लायन वर्ष २०२५/२६ को लागि अध्यक्ष पदमा निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरी सफलन्यूज डटकमका सम्पादक पनि हुन् ।
त्यसैगरी, क्लबको प्रथम उपाध्यक्षमा लोक कुमारी क्षेत्री, सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा रञ्जु गुरुङ निर्वाचित भएका छन् । क्लबका अन्य पदाधिकारी, सदस्य र विभाग प्रमुखहरू वैशाख १९ गते टुङ्गो लगाइने क्लबले जनाएको छ।
निर्वाचन कार्यक्रममा बोल्दै रिजन चियर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले क्लबलाई दीगो राखी सामाजिक काममा अगाडि बढ्न नयाँ टीम अब्बल रहेको बताए ।
बिगतमा क्लबले गरेको कामहरु निकै प्रभाबकारी रहेकोले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन पौडेलले आग्रह समेत गरे । क्लबका पुर्ब अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामहरुलाई प्राथमिकता राखेर काम गर्न जोड दिए ।
त्यसैगरी, क्लबका पूर्व अध्यक्ष कमल सुबेदीले क्लबलाई सामाजिक काममा अगाडि बढाउन आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वर्ष २०२४/२५ की अध्यक्ष बिन्दु शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक अधिकारी, रञ्जु गुरुङ , निर्मल पौडेल, रामहरी तिवारीले नयाँ समितिलाई शुभकामना व्यक्त गर्दै क्लब सामाजिक सेवामा अगाडि बढ्नुपर्ने बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ