पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ ।
उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै बनेको थियो । देवीको ‘प्यार से बोलेन’ भन्ने शब्द सम्झिएर भक्तजनसहित आयोजकका मन भारी थिए । उक्त क्षणमा स्वयं देवी प्रतिभाको आँखामा आँशु टिल्पिलाए ।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलैफूलले पूजा गर्दै देवी प्रतिभाको बिदाई गरेका थिए । देवीसहित उनको टीममा रहेर पोखरा आइपुगेका सबैलाई आयोजक मानवसेवा फाउण्डेशनले सम्मानसहित बिदाई गरेको थियो ।
देवी प्रतिभाको बिदाईमा संकल्पकर्ता विजय कृष्णमूर्ति निकै रोएका थिए भने अभिनन्दपत्र पढेर सुनाउने क्रममा भक्कानिदै पढ्नै नसक्ने अवस्थामा पुगेका थिए । सो बेला कोटीहोम स्थल चकमन्न बनेको थियो ।

देवी प्रतिभा वैशाख ५ गते पोखरा आएकी थिइन् । उनी शुक्रबार बिहानै पोखराबाट भारत प्रथान गरेकी छन् । उनी आइतबादेखि झारखण्डमा देवीमार्फत कथा वाचन हुने बताइएको छ । जेठ १० देखि १६ गतेसम्मा देवीलाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।
कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरु प्रशन्न हुनुभो ?’ भनेर प्रश्न गर्दा भक्तजनले ठूलो स्वरमा ‘हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए ।
बिहीबार देवी प्रतिभाद्वारा प्रस्तुत अन्तिम दिनको श्रीमद्भागवत कथा श्रवण गर्न करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दावी छ।

भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ संकलन कार्य पनि बढिरहेको आयोजक बताउँछ । बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् ।
कोटीहोमको १४औं दिनमा भारतका डा. विश्वासनन्द, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, अन्नपूर्ण केबलकारका प्रबन्धक दिनेश पौडेललगायतका व्यक्तित्व सहभागी थिए ।
अन्नपूर्ण केवलकारका प्रवन्धक पौडेलले कोटीहोमका भक्तजनलाई केबलकारसम्म जानका लागि निःशुल्क बस सेवा उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भारतका के के शर्माले पोखरामा आयोजित कोटीहोम संसारमा अहिलेसम्म भएका यज्ञभन्दा विशाल भएको बताए । उनले यो कोटीहोमले विश्वमा नै नेपालको चर्चा भएको बताए । उनले भने, ‘नेपालको कोटीहोम भनेर निकै चर्चा गरिएको छ ।’

शुक्रबारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउण्डेशन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा