धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ विओपी स्थापना

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ विओपी स्थापना

APF-e1746191294193

धादिङ । धादिङको रुवि भ्यालि गाउँपालिका– १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार विओपीको उद्घाटन गरेका हुन्। धादिङ सदरमुकामबाट ७०.७५ किलोमिटर टाढा र २ हजार २०० मिटर उचाइमा रहेको यो विओपी हाल गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा सञ्चालित छ।

कार्यक्रममा कृषि तथा पशुपंक्षि विकास मन्त्री माननीय रामनाथ अधिकारी, प्रतिनिधि सभा सांसद माननीय टेक बहादुर गुरुङ्ग, गृहसचिव गोकर्ण मणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, रुवी भ्याली गाउँपालिकाका प्रमुख राम सिंह तामाङ्ग, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, राष्ट्रिय अनुसन्धान उप–अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायत वडा अध्यक्ष तथा स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।

यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो,रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना भइसकेको छ ।

योसँगै छिमेकी मुलुक चीनतर्फको सीमानातर्फ ११ र भारततर्फको सीमानामा २ सय ४४ गरी बिओपी संख्या जम्मा २ सय ५५ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ