राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकीमा आचार्य

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकीमा आचार्य

health

पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट डिल्लीराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शनिबार पोखरामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा प्रदेश कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष (महिला) राधिका रेग्मी सान्भी, उपाध्यक्ष (पुरुष) रविन्द्र बस्ताकोटी, सचिव प्रितम थापा, कोषाध्यक्ष अर्जुन क्षेत्री, उपसचिव (महिला) नितु गुरुङ र उपसचिव (पुरुष) ओमबहादुर महतो रहेका छन्।

त्यसैगरी खुला सदस्यतर्फ डा. रोशन पंगेनी, चन्द्रकान्त यादव, प्रविण खनाल, सन्तोषबाबु सुवेदी, केशव पौडेल, विष्णुनाथ सापकोटा र उमेश सर्बुजा निर्वाचित भएका छन्।

जिल्लाबाट निर्वाचित हुने प्रतिनिधिहरूको नाम भने सार्वजनिक गरिएको छैन।

महासंघले प्रदेशभरका स्वास्थ्यकर्मीहरूको हकहितका विषयमा आवाज उठाउँदै आएको छ। अधिवेशनमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ