पोखरा । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेश कार्यसमितिले नवौं घुम्ती बैठक क्व्होलासोथर गाउँपालिका स्थित घले गाउँमा शनिवार सम्पन्न गरेको छ । बैठकमा बोल्ने अधिकांशले स्थानीय सरकारका समस्या र गुनासोलाई पोखे ।
दुध पोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले कर्मचारीका कारण सास्ती खेप्नुपरेको गुनासो गरे । ‘नयाँ नयाँले काम बरु अलिक गर्छ तर अनुभवी भनेर ल्यायो आउँछ न टेर्छ न सोध्छ केही भन्यो भने विदा बसिदिन्छ’, उनले भने । विकट गाउँपालिकाहरुमा कर्मचारीहरुको अभाव कै कारण सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको उनको भनाई थियो ।
जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले प्रदेश सरकारको योजना बैंकमा पालिकाले निर्णय गरेका योजना मात्रै समावेश गराउनुपर्ने बताए । ‘कसले हालेको पनि थाहा छैन , किन हालेको पनि थाहा छैन , योजनाको दोहोरोपन र स्थानीय आवश्यकताको आधारमा मात्रै योजनाहरुमा बजेट विनियोजन’, उनले भने ।
क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्य गुरुङ पर्यटन शुल्क वापत एक्याप लगायत विभिन्न निकायमा उठाइएको रकमलाई सदुपयोग गर्न आवश्यक रहेको बताए ।
‘पैसा उठाउने र लगेर थुपार्ने तर त्यसको सहि उपयोग भएको देखिदैन त्यो पुँजीलाई स्थानीय पर्यटन प्रर्वद्धनमा लगाउनुपर्दछ’, उनले भने ।
बैठकमा बोल्दै केन्द्रिय महासचिव खिम बहादुर थापाले स्थानीय सरकारले आफ्ना अधिकारलाई सहि ढंगबाट उपयोगमा जोड दिए । उनले स्थानीय सरकार नै जनताको नजिकको सरकार भएकाले जनताको अपेक्षा स्थानीय सरकारसंग बढि रहेको बताए । ‘जनताहरु अपेक्षा हामीसंग धेरै छ, अप्ठ्यारो छ संगै अवसरपनि त्यत्तिकै रहेको छ ’, उनले भने ।
स्थानीय सरकारका समस्याहरुको पक्षमा निरन्तर गाउँपालिका राष्ट्रिय महासंघ नेपालले पैरवी गर्दै आएको बताउँदै उनले बैठकबाट उठेका समस्या समाधानका लागी केन्द्र र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिने प्रतिवद्धता व्यक्त गरे ।
कोषाध्यक्ष उमेश भट्टले नीति तथा कार्यक्रम र बजेटलाई व्यापक छलफल र परामर्शबाट कार्यान्वयनमा लैजान सुझाव दिए । ‘नीति कार्यक्रम र बजेट झ्यापझुप ल्याउने र पास गराउने होइन, व्यापक छलफल गर्ने सुझाव ग्रहण गर्ने आवश्यक परे संशोधन गराउने र पास गर्ने हो ’, उनले भने ।
बैठकमा महासंघका केन्द्रिय सदस्य लोक बन्जरा, रिता देवकोटा लगायतले गाउँपालिका महासंघ गाउँपालिकाहरुको साझा संस्था रहेको बताउँदै गाउँपालिकाहरुको स–साना समस्याहरुलाई सम्बोधन गर्न लागि परिरहेको बताए ।
गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझाले स्थानीय सरकारलाई संकुचित बनाउने गरी जारी हुने ऐन, नियमावली स्विकार्य नहुने बताए । उनले प्रदेश सरकारले बनाएका कानुन र नियमावलीलाई छलफल गरी आवश्यक सुझाव महासंघको तर्फबाट दिईने बताए ।
बैठकले गण्डकी प्रदेश सरकारको आगामी आ।वको नीति तथा कार्यक्रमका लागी आवश्यक सुझाव संकलनका लागी उपसमिति गठन गरेको छ । यस्तै समानिकरण र विशेष लगायतको बजेट अन्तिम किस्ता पूर्ण रुपमा निकासा दिनको लागी संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णहरुले बैठकले गरेको छ ।
महासंघ सचिव जोकलाल बुढाले संचालन गरेको बैठकमा प्रदेश उपाध्यक्ष हिरादेवी शर्माले स्वागत गरेकी थिइन् ।
महासंघले हरेक तीन महिनामा फरक फरक जिल्लाका गाउँपालिकामा घुम्ती बैठक मार्फत स्थानीय पालिकाहरुका सवाल र समस्याका विषयमा छलफल समेत गर्दै आएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन